लुम्बिनीमा नयाँ सरकार गठनका लागी आह्वान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीमा नयाँ सरकार गठनका लागी आह्वान


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन्। लुम्बिनी प्रदेशमा एमाले सरकार ढलेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय दिइएको छ।

पुस २७ गते एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएपनि सरकार ७४ दिनमा अल्पमतमा परेको थियो भने १०३ दिनमा सरकार ढलेपछि एमालेले पनि ठूलो दलको हैसियतमा उपधारा ३ बमोजिम सरकारको दाबी पेस गरेको थियो। 

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको लागि कानुनी परामर्शपछि उपधारा २ बमोजिम सरकार गठनको लागि दलहरूलाई आह्वान गरेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस