संसदमा उठेका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संसदमा उठेका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न माग


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा उठाएका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले यस्तो माग गरेकी हुन् ।

सरकारले संसदमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै उनले ती प्रश्न र त्यसको अवस्थाबारे नागरिकलाई जानकारी दिन वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् । 

सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेकाले ससंदमा उठेका प्रश्न वेबसाइटमा राख्न गरिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस