बागमतीमा सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बागमतीमा सर्वदलीय बैठक बस्दै


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि-बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै प्रदेश सभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ ।

सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ ।

गत चैत १९ गते बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि संसद अधिवेशन अन्त्य गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस