रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन् ।

आज (मङ्गलवार) प्रतिनिधि सभा बैठकमा उनले रवि लामिछाने गृहमन्त्री हुँदा बारम्बार प्रश्न उठाइएका कोइरीको विषय अहिले एकाएक हराएको बताइन् ।

संविधानको धारा ८९ (घ) अनुसार सदनलाई जानकारी नदिई १० भन्दा बढी बैठकमा अनुपस्थित रहे उक्त व्यक्तिको सांसद पद रिक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले कोइरीले अनुपस्थितिकोबारेमा सदनलाई जानकारी गराएको वा नगराएको विषयबारे स्पष्ट पार्न सभामुखसँग माग गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस