सरकारले पनि सर्वोच्चका आदेश पालना गर्नुपर्छ : बालेन साह  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारले पनि सर्वोच्चका आदेश पालना गर्नुपर्छ : बालेन साह 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतको आदेश परिपालना गर्न प्रतिबद्ध रहेको बताएका छन्।

मेयर साहले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

उनले आफू सर्वोच्चको आदेश परिपालना गर्न तयार रहेको तर संघीय सरकारले पनि सर्वोच्चका आदेश पालना गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ। तर, सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरू काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’।

बागमती, विष्णुमती र मनोहरालगायतका नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन यसअघि सर्वोच्चले आदेश दिएको उल्लेख गर्दै उनले त्यसको पालना हुनुपर्ने बताएका छन्।

सर्वोच्चले शुक्रबार सिंहदरवारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको थियो।

संघीय सरकारले आफूलाई असहयोग गरेको भन्दै मेयर शाहले यसअघि सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस