लुम्बिनीमा फेरि गिरीकै नेतृत्वमा सरकार बनाउँदै एमाले « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनीमा फेरि गिरीकै नेतृत्वमा सरकार बनाउँदै एमाले


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशमा लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । 

प्रदेश सभाबाट विश्वासको मत नपाएपनि एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि सरकार बनाउने तयारी गरेको हो ।  

धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको एक नेताले बताए ।  

प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उनले त्यसमा ठुलो दलको हैसियतमा एमालेले एक महिना सरकार चलाउन पाउने अवस्था रहेको बताए । आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठुलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको उनको भनाई छ । 

लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो भने लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाउने तयारी  रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस