निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित गर्न नहुने पक्षमा देउवा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित गर्न नहुने पक्षमा देउवा


११ बैशाख २०८०, सोमबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरी कानुनी व्यवस्था गर्न नहुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित हुन नहुने बताएका हुन् । यसो गरिएमा स्वदेशी एवं विदेशी लगानी निरुत्साहित हुने देउवाको भनाइ थियो ।

राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साहित हुने र लगानीको वातावरण बिग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।

संविधानको धारा २३९ मा अख्तियारले निजी क्षेत्र हेर्न नमिल्ने व्यवस्था छ । 

Tags :
प्रतिक्रिया दिनुहोस