दाइजोको निहुँमा पत्नी हत्या प्रयासमा युवक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दाइजोको निहुँमा पत्नी हत्या प्रयासमा युवक पक्राउ


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । दाइजो नदिएको निहुँमा श्रीमतीलाई जलाएर हत्या प्रयास गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका २० देवपुराटोलका राजीवकुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख १ गते दिउँसो राजीवले परिवारका सदस्यको सहयोगमा पत्नी २८ वर्षीया श्वेता झालाई घरायसी विवादको कारण आगो लगाइ हत्या प्रयास गरेको आरोप छ । आगोले जलेर गम्भीर घाइते भएकी श्वेताको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

विवाहमा दिने कबोल गरेको तीन तोला सुन दाइजो नदिएको भन्दै श्वेता र राजीवबीच झगडा र वादविवाद रहेको माइतीपक्षको भनाइ छ । अन्तमा ज्यानै लिने मनसायले आगो लगाएको भन्दै माइती पक्षले ज्यान मार्ने उद्योगमा श्रीमान्, सासू र देवरविरुद्ध किटानी जाहेरी दिएको छ ।

जाहेरी पश्चात् श्रीमान् राजीवलाई पक्राउ गरी ज्यानमार्ने उद्योगमा अनुसन्धानका लागि हिरासतमा लिन जिल्ला अदालत धनुषाबाट अनुमति लिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । अन्य फरार आरोपितहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस