भोलि एडिबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भोलि एडिबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता हुने


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  र एसियाली विकास बैंकका प्रतीनीधीबीच भोलि भेटवार्ता हुने भएको छ । 

सोमबार आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता हुने भएको हो । 

सिंहदरवारस्थित आयोगको कार्यालयमा सोमबार ११ बजे उनीहरुबीच भेट हुने जनाइएको छ । 

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवलप्रसाद भण्डारी हुनेछन् भने एडिबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, विज्ञ जान हानसेनलगायतको टोली रहनेछ । 

शिष्टाचार भेटवार्तामा आयोग र एडिबीबीच सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस