जल उत्पन्न डिभिजन कार्यालय प्रमुख झा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैद हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जल उत्पन्न डिभिजन कार्यालय प्रमुख झा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैद हुने


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । बारास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ३ का तत्कालीन प्रमुख हीरानन्द झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । 

३ वैशाखमा दोषी करार गरेको विशेषले आइतबार सजाय निर्धारण गरेको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसी प्रसाद थारुको इजलासले झालाई तीन वर्ष कैद र १७ लाख १८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ । 

यसै मुद्दाका अर्का प्रतिवादी तथा उक्त कार्यालयका लेखा प्रमुख (लेखापाल) अरुण कुमार राईलाई समेत सोही कैद र जरिवाना हुने सजाय सुनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस