१५ वटा सहकारीको दर्ता खारेजी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१५ वटा सहकारीको दर्ता खारेजी


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरभित्र कार्यक्षेत्रका सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेज गरेको हो ।

लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारण सभाको विवरण नबुझाएका कारण १५ वटा सहकारीको दर्ता खारेज गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार विराटनगर-२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था, विराटनगर-४ को पुष्पाञ्जली बहूद्देश्यीय सहकारी, विराटनगर ५ को विराट कोशेलीघर, सोही वडाको एक्सचेन्ज बचत तथा ऋण सहकारी, विराटनगर-७ को सुमेरु बचत तथा ऋण सहकारीको दर्ता खारेज गरेको हो ।

त्यस्तै विराटनगर-८ को सहयोगी सहकारी संस्था, विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहूद्देश्यीय सहकारी संस्थाको दर्ता पनि खारेज भएको छ ।

विराटनगर-१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, वडा नं १४ को गरिमा बचत तथा ऋण सहकारी, वडा नं १४ कै बहुमूल्य कृषि सहकारी र वडा नं १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्था पनि खारेजीमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस