उपनिर्वाचन निष्पक्ष रूपमा सम्पन्न गरेको भन्दै देउवाले दिए धन्यवाद « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपनिर्वाचन निष्पक्ष रूपमा सम्पन्न गरेको भन्दै देउवाले दिए धन्यवाद


१० बैशाख २०८०, आइतबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा क्षेत्रमा भएको उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् । 

आइतबार साँझ एक वक्तव्यमार्फत देउवाले निर्वाचन पक्रियामा सहभागी सबैलाई धन्यवाद दिएका छन् । 

“प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं। १, चितवन जिल्ला निर्वाचन क्षेत्र नं.२ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा अत्यन्त उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ,’उनले भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस