चार बुँदे सहमतिपछि चितवन-२ को नयाँ किरण माविमा पुनः मतदान सुरु  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार बुँदे सहमतिपछि चितवन-२ को नयाँ किरण माविमा पुनः मतदान सुरु 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँ किरण कमलकुसुम विद्यालयको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेता मतदान स्थलमा पुग्ने क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै विवाद भएपछि मतदान रोकिएको थियो । 

सर्वपक्षीय बैठकबाट रास्वपाले क्षमयाचना गर्नेसहित चार बुँदे सहमतिपछि मतदान फेरि सुरु भएको हो । ३०० मिटर वरिपरि शान्ति सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस