मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । बारा २ को उपनिर्वाचनका क्रममा मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ परेका छन् । 

देवताल गाउँपालिका-२ कल्याणपुरस्थित मतदान केन्द्रबाहिर होहल्ला गरिरहेका छिमेकी जिल्लाका चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरू कुन दलसमर्थित हुन् भनेर खुल्न नसकेको बारा प्रहरी प्रमुख (एसपी) होविन्द्र बोगटी बताए।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा २ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस