कान्ति बाल अस्पतालमा अप्रेशनका लागि कति समय कुर्नु पर्छ ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कान्ति बाल अस्पतालमा अप्रेशनका लागि कति समय कुर्नु पर्छ ?


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । कान्ति बाल अस्पतालमा बिरामीको अप्रेशनका लागि  ३ महिनादेखि २ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ । अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन, २०७९ मा उल्लेख छ । 

प्रतिवेदनअनुसार मेजर अप्रेशन गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ । यसैगरी हाइड्रोशीलको अप्रेशन गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ । 

अस्पतालमा २ मात्र शल्य चिकित्सा कक्ष रहेका छन् । १६ शय्याको आई.सी.यु. र ३० शय्याको सर्जिकल वार्ड रहेकोमा क्रमशः १० र २४ शय्या मात्र सञ्चालनमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । जसले गर्दा आई.सी.यु. चाहिने बिरामीलाई शय्या अभाव भएर अन्यत्र प्रेषण गर्नुपर्ने बाध्यता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस