पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस