गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् ।

संसद्को विश्वासको मत प्राप्त गर्न नसकेपछि अधिकारी पदमुक्त भएका हुन् । 

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको काँग्रेस सबैभन्दा ठूलो दल हो ।

उनले आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका थिए। उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस