भेरी अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भेरी अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । भेरी अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालका अनुसार राप्तीसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएका उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । गत एक हप्तादेखि उपचार बिरामीमा दमको समस्या समेत देखिएको अस्पतालले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस