२ हजारले बढ्यो सुनको मूल्य  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

२ हजारले बढ्यो सुनको मूल्य 


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । बुधबार तोलामा २७ सयले घटेको सुन बिहीबार भने २ हजारले बढेको छ । 

बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस