वैशाखभरि खोप अभियान चलाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैशाखभरि खोप अभियान चलाइने


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सरकारले वैशाख महिनाभर खोप अभियान चलाउने भएको छ । ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताहको अवसरमा महिनाभरि खोप अभियान चलाउने भएको हो । 

अभियान अन्तर्गत वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।  

महाशाखाले खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकालाई नियमित खोप लगाउनसमेत आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस