चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड, देउवा र नेपाल चितवन जादैँ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड, देउवा र नेपाल चितवन जादैँ


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आज जाँदैछन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन जान लागेका हुन् ।

यही वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन जान लागेका हुन् ।

दिउँसो ३ बजे हुने सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनीहरू बाराको चुनावी सभालाई सम्बोधन गरेर चितवन जाने भएका हुन् । त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस