सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सोमबार हुने   « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सोमबार हुने  


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ।

सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले २६ चैतमा तीन व्यक्तिको बकपत्र लिन आदेश दिएको थियो।

सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र बुधबार अदालतले लिएको हो।

अन्तिम सुनुवाइका क्रममा वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि न्यायाधीश शंकरराज बरालले बकपत्रको लागि आदेश दिएको थियो।

सरकारी पक्षका एक जनाको बकपत्र भने मान्छे विदेशमा भएका कारण लिएन। उनले पुलिस मार्फत अदालतमा विदेशमा रहेको जानकारी गराएपछि अदालतले उनको बकपत्र अनिवार्य नभएको भन्दै सोमबारका लागि अन्तिम पेशी तोकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस