उर्जा नेपालको गतिलो आम्दानीको स्रोत : अर्थमन्त्री महत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उर्जा नेपालको गतिलो आम्दानीको स्रोत : अर्थमन्त्री महत


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । गर्दै महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे पनि चर्चा गरेका छन् । सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको डा. महतको भनाई छ ।

निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र नभई विदेशमा विद्युत् निर्यात गर्न थालेको उनले बताए । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा महतको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस