भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

बुधवार बिहान उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरु गरिएको उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस