खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित)


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचनमा उम्मेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने ७४ जनालाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न भनेको हो ।

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४)र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारको नामसमेत आयोगले सार्वजनिक गरेको छ । निर्वाचन खर्च विवरण पेस नगर्नेमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस