आज र भोलि बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज र भोलि बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै छ ।

बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ । आज खान छुटेकाहरूलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस