एमालेको लोकप्रियता कायमै छ : शङ्कर पोखरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेको लोकप्रियता कायमै छ : शङ्कर पोखरेल


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन्।

मंगलबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे।

आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरे।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस