गृह प्रशासनमा बिचौलिया र चलखेल शून्यमा झार्छु : श्रेष्ठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गृह प्रशासनमा बिचौलिया र चलखेल शून्यमा झार्छु : श्रेष्ठ


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाब र चलखेलबाट मुक्त गर्ने दाबी गरेका छन् । 

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राख्ने बताएका हुन् । 

उनले सुरक्षा निकायमा निष्पक्षता कायम गरी गौरव हुनुपर्ने बताए ।

उनले गृह प्रशासनमा बिचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि उद्घोष गरेका छन् ।

श्रेष्ठले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस