नेटवर्क आउने प्रतीक्षामा मोबाइल भित्तामा झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेटवर्क आउने प्रतीक्षामा मोबाइल भित्तामा झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । हुम्ला र बाजुराका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा सास्ती भोग्नुपरेको छ ।

हुम्ला र बाजुराका सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता उनीहरूको छ ।

हुम्ला, मुगु र बाजुराका कतिपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ । बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ ।

अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस