ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल सुरु हुदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।

खुमलटार ९ खेलबाट १० अङ्क जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ ।

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ ।

मनाङ ९ खेलबाट १५ अङ्क जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस