पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

त्यस्तै, आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बागमती, कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस