काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, केही प्रहरीको नियन्त्रण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, केही प्रहरीको नियन्त्रण


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४र५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस