कोरिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने २ जना पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कोरिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने २ जना पक्राउ


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिने भन्दै ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरू ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक रहेको बताइएको छ । 

उनीहरूले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस