नगरपालिकाबाटै श्रम स्वीकृति प्रदान « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नगरपालिकाबाटै श्रम स्वीकृति प्रदान


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । आजदेखि नमोबुद्ध नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । 

नगरपालिकाका अनुसार आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने  छ । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये नमोबुद्ध नगरले आजबाट उक्त स्वीकृति प्रदान सुरु गर्न लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस