रविले जानीजानी गल्ती गरेर जनतालाई ढाँटे : योगेश भट्टराई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रविले जानीजानी गल्ती गरेर जनतालाई ढाँटे : योगेश भट्टराई


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुनसक्ने जिकिर गरेका छन् । 

प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले गत मंसिरको जस्तो परिणाम आए फेरी चुनाव हुने बताएका हुन् । 

रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लङ्घन गर्दा चितवन २ मा उपचुनाव भएको उनले बताए ।  ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’

मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस