काठमाडौँ । कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
आइतबार बिहान सेती प्रादेशिक अस्पतालमा भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको हो ।
अस्पताल प्रशासनका अनुसार उनी मुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्।
गत चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमित वृद्धाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।