‘कर्मचारी समायोजन व्यवस्थित भएन’  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘कर्मचारी समायोजन व्यवस्थित भएन’ 


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले कर्मचारी समायोजन व्यवस्थित नभएको औँल्याएको छ । 

स्वास्थ्य क्षेत्रमा समायोजन पश्चात् पनि व्यवस्थित नभएको भन्दै कार्यालयमा बढी र घटी कर्मचारी हुँदा कार्य बोझ र सेवा प्रवाहको अवस्था यथावत् रहको जनाइएको छ ।  

स्वास्थ्य मन्त्रालय साबिकमा ३१ हजार ५९२ दरबन्दी रहेको मध्ये सङ्घ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ कर्मचारी समायोजन भएका, २०९ फाजिलमा रहेका र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस