मनमोहन विश्वविद्यालयलाई विज्ञ उपलब्ध गराउन भारतसँग अनुरोध गर्ने निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मनमोहन विश्वविद्यालयलाई विज्ञ उपलब्ध गराउन भारतसँग अनुरोध गर्ने निर्णय


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयका लागि विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले द्विपक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैगरी सोही विश्व विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारीअनुसार तय हुनेगरी आर्थिक सहयोग उपलब्ध गराउनसमेत भारत सरकारलाई अनुरोध गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस