जिटुजी मार्फत इजरायल पटाइदिन्छु भनी ठगी गर्ने यादव पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जिटुजी मार्फत इजरायल पटाइदिन्छु भनी ठगी गर्ने यादव पक्राउ


२९ चैत्र २०७९, बुधबार


काठमाडौं । वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायल बीच हुने जिटुजी सम्झौता मार्फत सरकारी कोटामा इजरायल पटाइदिन्छु भनी ठगी गर्ने सुनिल कुमार यादव पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका, ३ खैरापुर टोल स्थायी घर भई हाल काठमाडौँको लाजिम्पाट बस्ने वर्ष २६ का यादवलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार पक्राउ गरेको हो।

यादवले रिता लामा समेत २ जनालाई इजरायल पटाइदिन्छु भनी ३१ लाख रुपैयाँ लिई फरार भएका थिए । सम्पर्क विहीन भएका यादवलाई उपस्थित गराई दिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएकोले उनलाई विशेष प्रहरी टोलीले पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस