सगरमाथा हिमपहिरोमा परी तीन जना बेपत्ता, हेलिकप्टरबाट खोजी गरिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सगरमाथा हिमपहिरोमा परी तीन जना बेपत्ता, हेलिकप्टरबाट खोजी गरिँदै


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । सगरमाथामा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना आरोही अझै फेला परेका छैनन् । आज बिहान ९ः३० बाट हराएको तीन आरोहीको खोजी कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका पर्वतारोहण शाखाका अनुसार दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा नामका आरोही हराएका छन् ।

बेपत्ता आरोहीको सिम्रिक एयरको हेलिकप्टर मार्फत खोजी भइरहेको विभागको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस