रास्वपाले लियो ढाकाकुमारसँग एक घण्टा बयान « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रास्वपाले लियो ढाकाकुमारसँग एक घण्टा बयान


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मङ्गलवार दिउँसो पार्टी कार्यालय बसुन्धारामा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । 

रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । 

बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रस्टीकरणमै उल्लेख गरेको कुरा दोहोर्‍याएको एक नेताको भनाई छ।

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस