एमाले सांसदको प्रश्न : स्वास्थ्य मन्त्रीको भाउ दुई करोड, अरु मालदार मन्त्रीहरूको कति होला ? « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले सांसदको प्रश्न : स्वास्थ्य मन्त्रीको भाउ दुई करोड, अरु मालदार मन्त्रीहरूको कति होला ?


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्य मन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै व्यङ्ग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोल्दै उनले स्वास्थ्य मन्त्रीको भाउ दुई करोड रहेछ । अरु मालदार मन्त्रीहरूको कति होला ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘एउटा त एक्पोज भयो । एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो । जनतामा निराशा र चरम अविश्वास पैदा गरायो । दल र दलका नेताहरूप्रति सामाजिक रूपमै बहिष्करण हुन सक्ने अवस्थाको सिर्जना गरायो ।’

Tags :
प्रतिक्रिया दिनुहोस