राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ  : उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ  : उपप्रधानमन्त्री श्रेष्ठ


२७ चैत्र २०७९, सोमबार


चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन् ।  

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए । अरूको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उपप्रधानमन्त्री भने, ‘अरूका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।’

नेपालको राजनीतिमा देखा परेका समस्या सच्चिनुपर्ने उनले बताए । उनले भने, ‘भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन ।’ प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए । ‘नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।  

गैरनागरिकले नागरिकता नपाउने भन्दै उनले नागरिकता विषयमा भएका अनियमितका विषयमा कडाइका साथ प्रस्तुत हुने बताए। नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस