रुकुम पूर्व : दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रुकुम पूर्व : दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ


२६ चैत्र २०७९, आइतबार


रुकुमपूर्व । रुकुमपूर्वमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो ।

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले शङ्कास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस