तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावका कारण देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस