केपी ओलीले भने : ढुक्क भएको सरकार मात्रै हो, अरु होइनन् « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

केपी ओलीले भने : ढुक्क भएको सरकार मात्रै हो, अरु होइनन्


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिविद्धताको वर्षा मात्र गर्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक सङ्कटतिर धकेलिएको बताउँदै ‘रेमिट्यान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विज्ञहरूले भनिराखेका छन् । सरकार मात्रै ढुक्क छ, अरु कोही ढुक्क छैन ।’

मुलुक आर्थिक सङ्कटमा धकेलिँदै गई रहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए ।

कसैले तारा झारदेउ भन्यो भने तारा मात्रै होइन, जून पनि झारी दिउँला भने जसरी प्रधानमन्त्री प्रस्तुत हुने गरेको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाईँहरूको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ । भन्न केही बाँकी राख्नु हुन्न, कमिटमेन्टको वर्षा हुन्छ । सहकारी बदनाम हुन नपाओस् किनभने विश्वास धर्मरायो भने मानिसहरू कसरी सहकारीमा जान्छन् ? सबै सहकारी बिग्रेको छ र ? एउटा कुनै बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ । त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस