निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न समिति गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न समिति गठन


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा शुक्रबार समिति गठन गरिएको हो ।

समितिमा निगमबाट अवकाशप्राप्त पाइलट ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, पत्रकार टीकाराम राई र सहारा न्यौपाने सदस्य छन् ।

‘नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ ले दुई महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नुपर्ने छ ।

निगमको विगतको ५ वर्षको अवस्था अध्ययन गर्दै, निगमको ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्ष अध्ययन गर्नुपर्ने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस