सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

बलात्कार अभियोगमा दोषी प्रमाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस