दुई विधेयक टेबुल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दुई विधेयक टेबुल


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्त्वपूर्ण विधेयक टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन-२०७९ असार) पेस गरिन् ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस