आइपीओ जारी गर्दै ग्लोबल हाइड्रोपावर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आइपीओ जारी गर्दै ग्लोबल हाइड्रोपावर


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

आइपीओको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा ग्लोबल हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु सीइओ शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्टका सीइओ देवराज अधिकारीले हस्ताक्षर गरेका हुन्।

ग्लोबल हाइड्रोपावरले ५८ करोड ६० लाख रुपैयाँ सेयर पुँजी बराबरको १०० रुपैयाँ दरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस